जीवन बीमा कम्पनीहरुको ८६ वटा शाखा कार्यालय घट्यो

१४ जेष्ठ २०८०, आईतवार १७:३०

काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको शाखा संख्या ३.८९ प्रतिशतले घटेको छ । जीवन बीमा कम्पनीहरुको शाखा संख्या २ हजार २९२ रहेकोमा घटेर १ हजार २०६ कायम हुन पुगेको छ ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले आज आर्थिक सर्वेक्षण २०७९।८० सार्वजनिक गर्दै फागुनसम्म जीवन बीमा कम्पनीको संख्या घटेको बताएका हुन् । साथै निर्जीवन तर्फ भने कुल १ हजार ३७ शाखा कार्यालय रहेकामा हालसम्म पनि १०३७ नै कायम रहेको जनाएको छ ।

यसका साथै सर्वेक्षणअनुसार फागुनसम्म जीवन बीमा कम्पनकिो स्रोत तथा उपयोग ६ खर्ब २३ँ अर्ब ८९ करोड रुपैयाँ र निर्जीवन बीमा व्यबसाय गर्ने बीमकको ८९ अर्ब ५८ करोड गरी कुल ७ खर्ब १३ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । आव २०७८।७९ को फागुनसम्म बीमा ब्यवसायको कुल वित्तीय स्रोत तथा उपयोग ६ खर्ब ४ अर्ब ३ करोड रुपैयाँ रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*