बीमा व्यवसाय १।८ प्रतिशतले बढ्यो, व्यवसायको हिस्सा ५० प्रतिशत बागमती प्रदेशमै

१९ जेष्ठ २०८०, शुक्रबार १५:१२

काठमाडौ । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्ष बीमा व्यवसाय १.८ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षणअनुसार संकलन भएको बीमा प्रिमियम रकम १.८ प्रतिशतले वृद्धि हो।

२०७९ फागुन मसान्तसम्म संकलन भएको बीमा प्रिमियम रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.८ प्रतिशतले वृद्धि भई १ खर्ब १९ अर्ब ६० करोड रुपैयाँ पुगेको छ।
बागमती प्रदेश भित्रमात्र संकलन भएको जीवन र निर्जीवन दुवैतर्फको कूल बीमा प्रिमियम (बीमा शुल्क) को हिस्सा करिब ५० प्रतिशत रहेको आर्थिक सर्वेक्षणले देखाएको छ।

त्यस्तै बीमकको कूल ३ हजार २ सय १५ शाखामध्ये २०७९ फागुनसम्म बागमती प्रदेशमा सबभन्दा बढी ८ सय ८४ र कर्णाली प्रदेशमा सबैभन्दा कम १ सय ८३ रहेको देखाएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*