बीमा कम्पनी, बैंक र पुँजिबजार सम्बद्ध निकायलाई ३० प्रतिशत आयकर तिर्न कर कार्यालयको निर्देशन

१९ जेष्ठ २०८०, शुक्रबार १९:३७

काठमाडौं । बीमा कम्पनी, बैंक र पुँजिबजार सम्बद्ध निकायलाई आर्जित अन्तिम करयोग्य मुनाफाको ३० प्रतिशत आयकर तिर्न अन्तरिक राजस्व विभागले निर्देशन दिएको छ । राजस्व विभागले करको दर तय गरेको छ। आर्थिक विधेयक २०८० को व्यवस्था अनुसार विभागले आय वर्ष २०८०/८१ मा निकायको लागि लागु हुने करको दर सार्वजनिक गरेको हो।

करको दर ३० प्रतिशतसम्म कायम गरिएको छ । यस अघि ’वित्तीय कारोबार गर्ने निकाय’ भनेर छुट्टै नतोकिएकोमा यस पटक वित्तीय कारोबार गर्ने निकाय भने छुट्टै तोकिएको छ र त्यस्ता निकायलाई ३० प्रतिशत कर लाग्ने भएको छ।

बैङ्क, वित्तीय संस्था, सामान्य बीमा व्यवसाय, वित्तीय कारोबार गर्ने निकाय वा दूर सञ्चार र इन्टरनेट सेवा, मुद्रा हस्तान्तरण ( मनि ट्रान्सफर), पुँजी बजार व्यवसाय, धितोपत्र व्यवसाय, मर्चेन्ट बैंकिङ्ग व्यवसाय, कमोडिटी फ्युचर मार्केट, धितोपत्र र कमोडिटी दलाल व्यवसाय, चुरोट, बिँडी, सिगार, खानेसूर्ति, खैनी, गुट्खा, पान मसला, मदिरा र वियरको कारोबार गर्ने वा नेपाल पेट्रोलियम ऐन, २०४० बमोजिम पेट्रोलियम कार्य गर्ने निकाय गर्न ३० प्रतिशत करको व्यवस्था गरिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*