नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

२१ जेष्ठ २०८०, आईतवार १०:५४

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले लगानी योग्य रकम बैंक तथा वित्तीय संस्थाहरुमा एक वर्ष वा सो भन्दा बढी अवधिको लागि मुद्दती निक्षेपमा राख्ने भएको हो ।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क तथा ख वर्गका बैंकहरुले लिन चाहेको रकम र ब्याजदर उल्लेख गरी कम्पनीले तोकेको कोटेशन सम्बन्धी फाराम भरी ७ दिनभित्र कार्यालय समयमा केन्द्रीय कार्यालयमार्फत गोप्य शिलबन्दी प्रस्ताव पेश गर्न सक्नेछन् ।

साथै प्रस्तावको मान्य अवधि एक महिनाको हुनुपर्ने र केन्द्रीय कार्यालय बाहेक अन्य कार्यालयबाट प्राप्त भएको प्रस्ताव मान्य नहुने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*