शेयर लगानीकर्ताद्धारा ब्रोकर कार्यालयहरुमा तालाबन्दी, अर्थमन्त्रालयमा वार्ता हुँदै, प्रत्यक्ष प्रभाव शेयर बजारमा
काठमाडौं । बजेटमार्फत कर नीतिको विरोध जनाउँदै शेयर लगानीकर्ताहरुले आज काठमाडौमा रहेका ५० वटै ब्रोकर कार्यालयहरुमा तालाबन्दी गरिसकेका छन् । वार्ताका लागि अर्थमन्त्रालय टोलिसँग छलफलमा बस्दैछन् ।
शेयर लगानीकर्ताहरुले ब्रोकर हाउसमा तालाबन्दी गरेपनि शेयर कारोबार भने निर्वाध रुपमा चल्ने बताइएपनि यसको प्रभाव शेयर कारोबारमा देखिएको छ ।अनलाइन मार्फत शेयर कारोबार हुने भएकोले शेयर कारोबारमा भने समस्या नहुने ब्रोकरहरुले बताएपनि ब्रोकर कम्पनी प्रत्यक्ष नखोल्दा त्यसको असर देखिएको छ।
कारोबार सुचारु गराउनको लागि ब्रोकरहरुले आफ्नो डिएनए लगइन गर्नु पर्ने र सो लगइन जहाँ बाट पनि गर्न सकिने व्यवस्था रहेको नेपाल स्टक एक्सचेन्ज नेप्सेका आइटी शाखाका एक कर्मचारीले जानकारी दिए ।उनका अनुसार कारोबार खुल्ने दिनमा स्वत सिस्टम खुल्छ, ब्रोकरले डिएनई लगइन जहाँबाट पनि गर्न सक्ने व्यवस्था छ, त्यसको लागि ब्रोकर कार्यालय मै पुग्नु पर्दैन । ब्रोकरले डिएनए लगइन गरेपछि सो ब्रोकरमा आवद्द शेयर लगानीकर्ताले शेयर कारोबार गर्न सक्ने छन् । ९९ प्रतिशत कारोबार अनलाइनबाट हुने भएकोले कारोबार बोकर्स एसोशियसनको भनाई रहेपनि आज अपर तामाकेशीको सर्वाधिक गुमाउने र टप ट्रान्जेक्सनमा देखिएको छ।
ब्रोकर एशोसिएनमा अनुसार ९९ कारोबार अनलाईनमा हुने देखिएपनि शेयर बजारको पहिलो दिन लाईभ मार्केटमा यसको असर देखिएको छ ।
ब्रोकर कार्यालयका कर्मचारीहरु कार्यालय प्रवेश गर्न नपाउंदा शेयरको राफसाफ प्रक्रिया भने रोकिने छ। उनका अनुसार अनलाइन मार्फत कारोबार हुने भएकोले कारोबार नरोकिने भएपनि त्यसपछिको प्रक्रियामा भने असर गर्छ ।
तिलक कोइरालाको नेतृत्वमा आन्दोलनरत समूहले आज कार्यालय समय अगाडि नै पुगेर विभिन्न ब्रोकर हाउसमा आफ्नो आन्दोलनको पम्प्लेट टास्दै ब्रोकर हाउसहरुमा बाहिर बाट नै ताल्चा लगाएका छन् ।
उनीहरुले ब्रोकर कार्यालयमा ’टिएमएस बन्द कार्यकम जारी छ, खोल्ने प्रयास भएमा सम्बन्धित पक्षले हुने हानी बेहोर्नु पर्ने छ’ लेखिएको पर्चा टासेका छन् । उनीहरुले टिएमएस बन्द गराउन तथा ताल्चा लगाउन टोली नै परिचालन गरेका गरेका छन् ।