बैंक तथा वित्तिय संस्था र पुँजिबजारको करको बिषयमा विवाद आएसँगै अर्थमन्त्रीले राजस्व विभागका मैनालीको सरुवा गर्ने तयारीमा

२१ जेष्ठ २०८०, आईतवार ११:४५

काठमाडौं । आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीको सरुवा हुने पक्का पक्की भएको छ। यस बर्षको बजेटपछि पुँजिबजारको गलत सुझावको कारण अर्थमन्त्रीलाई उक्त सुझाव भारी भएको भन्दै उनको सुरुवा गर्ने तयारी भएको उच्च स्रोतले बताएको छ।

बजेटमार्फत राजश्व प्रणालीमा सुधारका लागि अर्थमन्त्री प्रकाशशरण महतलाई सुझाव दिएका मैनालीको सुझावअनुसार करका प्रावधानहरु हेरफेरसँगै नयाँ तरंग सिर्जना भएपछि उनलाई सरुवा गर्न लागिएको हो ।

बैंक तथा बीमा कम्पनीको फर्दर पब्लिक अफरिङ (एफपीओ) र मर्जर तथा एक्विजिशन (एकीकरण तथा प्राप्ती)को लाभमा बजेटमार्फत कर लगाउन महतलाई सुझाव दिएपछि मैनालीको पद धरापमा परेको हो ।

मैनालीले आफूलाई करका दर हेरफेरसम्वन्धमा गलत सल्लाह दिएर अप्ट्यारोमा पारेको भन्दै मन्त्री महत उनलाई अब विभागमा नराख्ने निष्कर्षमा पुगेका छन् ।
मैनालीलाई सरुवा गरेर उनको स्थानमा सहसचिव भुपाल बराल वा अन्य कुनै मन्त्रालयका सहसचिवलाई सरुवा गर्ने पक्का पक्की भएको छ । मन्त्रालय स्रोतका अनुसार बराल र खत्रीबीच पहिले नै को बजेटमा बस्ने र को महानिर्देशक बन्ने सहमति भइसकेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*