आइतबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
२१ जेष्ठ २०८०, आईतवार १५:१६
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतवार शेयर बजार उच्च अंकले बढेको छ । आज शेयर बजार ५३.३ अंकले बढेर १९१९ को बिन्दुमा कायम भएको छ ।
आम शेयर लगानीकर्ता र सरकारबीच सहमती भएपश्चात शेयर बजार उच्च अंकले बढेको हो । आज शेयर बजार बढेतापनि केहि कम्पनीको शेयरमूल्य घटेको छ ।
आज आइसीएफसी फाइनान्सको डिभेन्चर, लक्ष्मी इक्युटी फण्ड, बिओके डिभेन्चर २०८६, साग्रिला डेभलपमेन्ट बैंक लगायतका कम्पनीहरुको शेयरमूल्य घटेको छ ।