नेपालमा व्यवसाय गर्न आउने विदेशी पुनर्बीमा कम्पनी र पुनर्बीमा ब्रोकर कम्पनीलाई सूचीकृत अनिवार्य

२२ जेष्ठ २०८०, सोमबार ११:२२

काठमाडौं । । अब नेपालमा व्यवसाय गर्न आउने विदेशी पुनर्बीमा कम्पनी र पुनर्बीमा ब्रोकर कम्पनी नेपाल बीमा प्राधिकरणमा सूचीकृत हुनुपर्ने भएको छ । प्राधिकरणले बीमकको पुनर्बिमा निर्देशिका संशोधन गर्दै यस्तो प्रावधान राखेको हो । प्राधिकरणले ऐन संसोधन गर्दै यस्तो जव्यवस्था गरेको हो ।

रीतपूर्वक निवेदन दिएका कम्पनीलाई प्राधिकरणले सूचीकृत गरी सूचीकरण नम्बर प्रदान गर्नेछ । यो नम्बर प्रत्येक वर्ष प्राधिकरणबाट नवीकरण गर्नुपर्नेछ ।सूचीकरण नम्बर प्राप्त गर्ने पुनर्बिमा दलालले चालू आर्थिक वर्ष ०७९र८० सकिएको ६ महिनाभित्र नेपालमा संयुक्त लगानीमा कम्पनी वा शाखा कार्यालय स्थापना गर्नुपर्ने प्राधिकरणले व्यवस्था गरेको छ ।

नेपालका बीमा र पुनर्बिमा कम्पनीले यसरी सूचीकरण भएका कम्पनी र दलाल कम्पनीसँग मात्रै कारोबार गर्नुपर्ने प्रावधान राखिएको छ । नेपाली कम्पनीले विदेशी पुनर्बिमा कम्पनीसँग गरिएको कारोबारको तथ्यांक राख्न यस्तो व्यवस्था गरिएको प्राधिकरणका प्रवक्ता एवं कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*