राष्ट्र बैंकले अन्तर्वार्तामा उत्तीर्ण भएका २४ जनालाई नियुक्तीका लागि बोलायो

२२ जेष्ठ २०८०, सोमबार ११:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहायक पदका लागि खुला प्रतियोगितात्मक परीक्षा तथा अन्तर्वार्तामा उत्तीण भएका २४ जनालाई नियुक्तीका लागि बोलाएको छ ।

बैंकको जनशक्ति व्यवस्थापन विभागले सूचना प्रकाशित गर्दै लोकसेवा आयोगबाट लिइएको लिखित परिक्षा तथा बैंकबाट लिइएको अन्तर्वार्तामा उम्मेदवारले गरेको अंकका आधारमा शीर्ष २४ लाई स्थानीय नियुक्ती लिनका लागि बोलाएको आज एक स्रूचना जारी गरेको छ।

बैंकले नियुक्तीका लागि जेठ २६ गतेभित्र बैंकको केन्द्रीय कार्यालयमा रहेको जनशक्ति व्यवस्थापन विभागमा सम्पर्क गर्न भनेको छ । १२ जनालाई बैंकले प्रतिक्षा सूचिमा राखेको पनि सोही सूचनामा उल्लेख गरेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*