नेपाल रि स्वतन्त्र कर्मचारी युनियन नामको पहिलो आधिकारिक संगठन गठन, अध्यक्षमा हरि प्रसाद निरौला

२२ जेष्ठ २०८०, सोमबार १५:०२

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको नयाँ कर्मचारी संगठन दर्ता भएको छ। थापाथलीमा केन्द्रिय कार्यालय रहेको नेपाल पुनर्बीमाको पहिलोपटक कर्मचारी संगठन गठन भएको हो । कम्पनीको श्रम तथा रोजगार कार्यालयमा नेपाल रि स्वतन्त्र कर्मचारी युनियन नामको पहिलो आधिकारिक संगठन गठन भएको हो ।

हरि प्रसाद निरौलाको अध्यक्षतामा गठन भएको उक्त संगठमा ११ सदस्यीय पदाधिकारीहरु रहेका छन् ।

उपाध्यक्षमा दिपक कुमार परियार, बिनिता खनाल रहेका छन् भने महासचिवमा रामभक्त पौडेल चयन भएका छन् ।

साथै सचिवमा रुद्रमणि मिश्र, कोषाध्यक्षमा ऋषिकेश खनाल र सह– कोषाध्यक्षमा सर्मिला अर्याल रहेकी छिन् । सदस्यहरुमा भने गणेश दाहाल, संगीता जि.सी, अनिता गौतम र प्रसिद्ध आचार्य रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*