नेपाल धितोपत्र बोर्डद्धारा थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स, कुन-कुनले पाए ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको छ । आजै यी कम्पनीहरुलाई बोर्डले लाईसेन्स दिएको हो ।
नेपाल धितोपत्र वोर्डले आज धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को व्यवस्था बमोजिम पूर्वाधार तयार गरी बोर्डमा जानकारी गराएका देहायका थप ११ वटा निवेदक संस्थाहरुलाई धितोपत्र व्यापारी, पूर्ण कार्य गर्ने धितोपत्र दलाल तथा सिमित कार्य गर्ने धितोपत्र दलालको अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको पत्रमा उल्लेख गरिएको छ ।
नबिल सेक्युरिटिज सहित थप ११ कम्पनीले पाए ब्रोकर लाईसेन्स (सूचीसहित)
अनुमति पाएका ब्रोकर:
1–एलिट स्टक हाउस लि.
2– इन्फिनिटी सेक्युरिटिज लि
3—इन्डेक्स सेक्यूरिटिज लि.
4–शुभकामना सेक्यूरिटिज प्रा. लि.
5–मेघा स्टक मार्केट्स लि.
6–हातेमालो फाइनान्सियल सर्भिसेस प्रा. लि
7–मनि वर्ल्ड शेयर एक्सचेन्ज प्रा. लि.,
8–माछापुच्छ्रे, सेक्युरिटिज लि.
9–के.वि. एल. सेक्यूरिटिज लि
10–कलश स्टक मार्केट प्रा. लि
11– नबिल सेक्युरिटिज लि
यी मध्ये नबिल सेक्युरिटिज धितोपत्र ब्यापारी अर्थात् स्टक डिलर हो ।