नेपाल पुनर्बीमा कम्पनीको वित्तीय विवरण सार्वजनिक, निर्जिवनतर्फको मुनाफा बढ्यो जीवनको घट्यो

२३ जेष्ठ २०८०, मंगलवार ०८:१६

नेपाल पुनर्बिमा कम्पनीको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक, निर्जिवनतर्फको खुद मुनाफा बढ्यो जीवनको घट्यो

काठमाडौं ।नेपाल पुनर्बिमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले दोस्रो त्रैमाससम्म आइपुग्दा निर्जीवन बीमा व्यवसायतर्फ खुद नाफा विस्तार गरेको छ भने जीवन बीमातर्फ घटेको कम्पनीको प्रकाशित तथ्यांकले देखाएको छ ।

गत वर्ष ३३ करोड ६१ लाख ८६ हजार रुपैयाँ रहेको निर्जीवन बीमा व्यवसायतर्फको खुद नाफा यो वर्ष ४६ करोड ४५ लाख ४६ हजार रुपैयाँ पुगेको छ । यता, गत वर्ष यसैअवधिमा ४ करोड ४७ लाख ५६ हजार रुपैयाँ नोक्सानमा रहेको जीवन बीमा व्यवसायतर्फको नोक्सानी यो वर्ष अझै बढेर १७ करोड २० लाख ७९ हजार रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म यस कम्पनीले निर्जीवन व्यवसायबाट १ अर्ब ७९ करोड ८६ लाख ७७ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले ४ अर्ब १७ करोड ४० लाख ४२ हजार रुपैयाँ निर्जीवन व्यवसायबाट खुद बीमा शुल्क आर्जन गरेको थियो । त्यस्तै गत वर्ष यसैअवधिमा जीवन बिमा व्यवसायबाट ७८ करोड ४० लाख १८ रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेकोमा यो वर्ष १ अर्ब ८४ लाख ९६ हजार रुपैयाँमा सीमित भएको छ । यस अवधिसम्म पुनर्बिमा कम्पनीको चुक्ता पुँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।

पुस मसान्तसम्म यस कम्पनीको निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा ५ अर्ब ८९ करोड १० लाख ५ हजार रुपैयाँ र जीवन बिमातर्फ २८ करोड ७६ लाख ८७ हजार रुपैयाँ जम्मा भएको छ । निर्जीवन बीमा कोषमा २ अर्ब ५१ करोड ६४ लाख ६१ हजार रुपैयाँ रहेको छ । जीवन बीमा कोषको विवरण भने रिपोर्टमा उल्लेख छैन । दोस्रो त्रैमाससम्म यस कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक २ रुपैयाँ ५१ पैसा र प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ५४ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*