रोहन कार्कीको संयोजकत्वमा शेयर लगानीकर्ताको ‘महासंघ’ गठनका लागि प्रक्रिया अघि बढ्यो

२३ जेष्ठ २०८०, मंगलवार ११:००

काठमाडौं । रोहन कार्कीको संयोजकत्वमा शेयर लगानीकर्ताको ‘महासंघ’ गठनका लागि प्रक्रिया अगाडि बढेको छ। हिजो बसेको लगानीकर्ताको भेलाले महासंघको छलफल र वार्ता गर्न समिति गठन गर्ने बिषय अघि सारिएको छ।

रोहन कार्कीको संयोजकत्वमा शेयर लगानीकर्ताको ‘महासंघ’ गठनका लागि प्रक्रियाको समितिमा सुुवासचन्द्र भट्टराई, केशव कोइराला, नयन बास्तोला, नानीबाबु खरेल र एसपी चौलगाई रहेका छन् ।
उक्त समितिले महासंघको नेत्तृव चुन्ने देखि विधान र दर्तासम्मको बिषयमा प्रकृया अघि बढाउने समितिका संयोजक रोहन कार्कीले बीमापोष्टलाई जानकारी दिएका छन् ।

महासंघ निर्माणका लागि सबै संघसंस्थाका अध्यक्षहरुलाई सहमति गराएपछि अर्को भेलाबाट महासंघको नाम र कार्यसमिति घोषणा गर्ने सहमति भएको समितिका संयोजक रोहन कार्कीले जनाएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*