फजुल खर्च नगरी बर्थडेको अवसरमा सिटिजन लाइफका एजेन्सी म्यानेजर थापाले गरे आश्रमलाई सहयोग

२३ जेष्ठ २०८०, मंगलवार १३:०६

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स बुटवल शाखाका एजेन्सी म्यानेजर राजेश थापाले आफ्नो ४३औं जन्मदिनमा एक कार्यक्रम गरि फरक तरिकाले समाजमा सकारात्मक सन्देश प्रवाह गरेका छन् ।

थापाले जन्मदिनको अवसरमा बुटवल देविनगर स्थित नेपाल अपाङ्ग आश्रमलाई १२ हजार बराबरको चामल तेल लागायत दैनिक उपभोग्य सामानहरु सहयोग प्रदान गरेका छन् ।

रियल इस्टेट ब्यवसायी थापा, बिगत ५ वर्ष देखि सिटिजन लाइफ इन्स्योरेन्समा बिमा अभिकर्ताको रुपमा कार्यरत छन् । अहिले उनी कम्पनीकै उत्कृष्ट एजेन्सी म्यानजरको रुपमा परिचित छन् ।

पछिल्लो समय होटल तथा रेष्टुरेन्टमा गई लाखौं खर्च गरि जन्मदिन मनाउने प्रचलन बढ्दै गइरहेकोमा यसरी रकम फजुल खर्च गर्नुभन्दा सहयोग गरेको थापाले बताए । उनले भने, ‘मनोरञ्जनको नाममा पछिल्लो समय बिकृति पनि बढ्दै गएको छ, जन्मदिनको अवसर पारेर ठूलो रकम खर्च गर्नुभन्दा सानै रकम भएपनि कसैलाई सहयोग गर्दा सन्तुष्ट मिल्छ ।’

उक्त सहयोग कार्यक्रममा कम्पनीका क्षेत्रीय शाखा प्रबन्धक दुर्गा राज ढकाल, बुटवल शाखा प्रबन्धक पूर्ण चन्द्र सुवेदी, फर्शाटिकरका शाखा प्रमुख उत्तम परियार, सिनियर एजेन्सी म्यानेजर रिता पाण्डेय, एजेन्सी म्यानेजर आगात अर्याल, एजेन्सी म्यानेजर प्रेम राज न्यौपाने लगायतका सिटिजन कर्मीहरुको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*