राष्ट्रिय बीमा संस्थानको विशेष साधारण सभा सम्पन्न, चुक्तापुँजी बृद्धि गर्ने प्रस्ताव पारित

२३ जेष्ठ २०८०, मंगलवार १३:५१

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको विशेष साधारण सभा आज सम्पन्न भएको छ । संस्थानका अध्यक्ष इश्वर पौडेलको अध्यक्षतामा सभा प्रधान कार्यालयमा सम्पन्न भएको हो ।

सो सभाले नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम तयार गरिएको संस्थानको पुँजी योजना अध्ययन प्रतिवेदन २०७९ अनुरुप नेपाल सरकार, नेपाल राष्ट्र बैंक र नेपाल बैंक लिमिटेडले आफ्नो लगानीको हिस्सा बापत हकप्रद शेयरमार्फत थप गर्नुपर्ने पुँजी रकम बृद्धि गर्ने प्रस्ताव पारित गरेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी १८ करोड १० लाख रुपैयाँ रहेको छ । विध्यमान संस्थापक शेयरधनीहरु सँग कम्पनीले हकप्रद मार्फत तीन अर्ब ३२ करोड रुपैयाँ पूँजी जुटाउनेछ । हकप्रद निष्काशन पछि संस्थानको चुक्ता पूँजी ३ अर्ब ५० करोड पुग्नेछ ।

साथै सो सभाले संस्थानको आव २०७५।७६ को लेखापरीक्षण गर्न महालेखा परीक्षकको कार्यालयबाट लेखा परीक्षक सीए राजकुमार शिवाकोटीलाई नियुक्तिका लागि परामर्श प्राप्त भएकोले उक्त आवको लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक तय गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*