चारजना शेयरधनीको १ लाख ३३ हजार कित्ता भएको शेयर प्रमाणपत्र हरायो

२३ जेष्ठ २०८०, मंगलवार १४:२४

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले शेयर रजिष्ट्रारको कार्य गरिरहेको चारजना शेयरधनीको शेयर प्रमाणपत्र हराएको छ । राजेश कुमार खण्डेलवाल, गौरव खेतान अग्रवाल, विहारी लाल अग्रवाल र आकाश कुमार टिवडेवालको कुल १ लाख ३३ हजार ५५६ कित्ता शेयर संख्या भएको शेयरप्रमाणपत्र हराएको क्यापिटलले जनाएको छ ।

साविक महालक्ष्मी फाइनान्स (हाल महालक्ष्मी विकास बैंक)को १००००७० र १००००७१ सेयर प्रमाणपत्र नम्बर रहेको क्यापिटलले जनाएको छ । यस्तै, गौरव खेतान अग्रवालको १ हजार १८९ कित्ता सेयर, बिहारी लाल अग्रवालको ६० कित्ता र आकाश कुमार टिवडेवालको ६० कित्ता सेयर भएको सेयर प्रमाणपत्र हराएको हो ।

प्रमाणपत्रहरु हराएको हुँदा प्रतिलिपि प्रमाणपत्र उपलब्ध गराई पाँऊ भनी निवेदन पेश गरेको हुँदा सो माथि कसैको हकदावी लाग्ने भए ३५ दिनभित्र निवेदन दिनु पर्ने क्यापिटलले जनाएको छ । अन्यथा उक्त सो सेयरहरु आवश्यक प्रकृया पूरा गरि निवेदनमा माग भए बमोजिम सम्बन्धितसेयरधनीहरुले उपलब्ध गराएको हितग्राही खातामा जम्मा गरिनेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*