सोल्टी होटलमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

२३ जेष्ठ २०८०, मंगलवार १५:०३

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक आज २३ अंकले बढेर १९२५ विन्दुमा कायम हुन पुगेको छ ।

शेयरबजारमा सुधार देखिएसँगै आज एक अर्ब ९८ करोड १० लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक सोल्टी होटल लिमिटेडको ९ करोड ६८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको ९ करोड १७ लाख, अपर तामाकोशीको ८ करोड ५६ लाख, नेपाल टेलिकमको ७ करोड २९ लाख र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ६ करोड ४४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*