दोहोरो अंकले बढ्यो शेयरबजार, सबै उपसूचकमा हरियाली छाउदा झण्डै दुई अर्बको कारोबार

२३ जेष्ठ २०८०, मंगलवार १५:०९

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक आज २३ अंकले बढेर १९२५ विन्दुमा कायम हुन पुगेको छ ।

अर्थन्त्री डा. प्रकाश शरण महतद्वारा आम शेयर लगानीकर्ताहरुको माग सम्बोधन पछि शेयरबजारमा आक्रामक सुधार देखिएको छ । लगानीकर्ताहरुले पुँजीगत लाभकरलाई नै अन्तिम कर कायम गर्नुपर्ने माग सम्बोधन भएको हो ।

आज नेप्सेमा सूचीकृत २६९ कम्पनीको ५५ लाख ४१ हजार ८७८ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ९८ करोड १० लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका सबै उपसूचकमा आज हरियाली छाएको छ । सर्वाधिक होटल तथा पर्यटन उपसूचक ५.६७ प्रतिशत र निर्जीवन बीमा उपसूचक ४.६४ प्रतिशतले बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*