अपर लोहोरे खोला हाइड्रोपावरलाई आइपीओ निष्काशन गर्न सेबोनको अनुमति

२३ जेष्ठ २०८०, मंगलवार १८:२४

काठमाडौं । अपर लोहोरे खोला हाइड्रोपावरले आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरमा २४ लाख ९८ हजार ४० कित्ता बराबरको २४ करोड ९८ लाख ४ हजार रुपैयाँको आइपीओ निष्कासन गर्ने जेठ २३ गते बोर्डबाट अनुमति प्राप्त गरेको हो ।

अब कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आइपीओ जारी गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*