बीमा प्राधिकरणद्धारा बीमा नियमावली २०८० तयार, अर्थमन्त्रालयबाट पारित हुने प्रक्रियामा रहेको मस्यौदामा के के छन् ? (मस्यौदा सहित)

२३ जेष्ठ २०८०, मंगलवार २२:५०

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा नियमावली २०८० तयार पारेको छ । बीमा प्राधिकरणले हाल अर्थ मन्त्रालयमा स्वीकृतिको लागि पठाएको बीमा नियमावली सरोकारवाला कुनै पनि निकायसँग छलफल नै नगरी स्वीकृतिका लागि अर्थमन्त्रालयमा पेश गरेको हो । सरोकारवालासँग छलफल नगरिएको मस्यौता गोप्य रुपमा अर्थमन्त्रालयमा पुगेको छ । हाल अर्थमन्त्रालयले पारित गर्ने तयारीमा रहेको सो मस्यौदामाथि तत्काल गम्भिर छलफल गरेर प्रतिक्रिया बाहिर नआए अर्थ मन्त्रालयबाट हुबहु पारित हुने प्रक्रियामा रहेको छ ।

उक्त मस्यौदाको पूर्णपाठ बीमापोष्टलाई प्राप्त भएको छ । पर्याप्त छलफल र बीमा ऐन अनुसार बीमा क्षेत्रका समग्र कुरा समेट्न नसकिएको मस्यौदा झारा टार्ने गरी नेपाल बीमा प्राधिकरणले अर्थ मन्त्रालयमा पठाएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ । बीमा प्राधिकरणमा विज्ञता र दक्षता प्राप्त व्यक्ति नभएको भन्दै मस्यौदामाथि शंकाको दृष्टिले हेरिएको छ ।

साथै अर्थमन्त्रालयका अधिकारीहरुले अपूर्ण मस्यौदा पठाएको भन्दै रुष्ट बनेका छन् । बीमा प्राधिकरणमा बीमा नियमावलीको मस्यौदा बनाउन सक्ने दक्ष जनशक्तिको अभाव रहँदै आएको छ । प्राधिकरणले बनाएका निर्देशिकाहरु पटक पटक विवादमा पर्दै आएका छन् । प्राधिकरणमा नीतिको प्रभावबारे गहन अध्ययन तथा प्रभाव मूल्याङ्कन गर्ने दक्ष जनशक्तिको अभाव रहँदै आएको छ । पछिल्लो पटक यसको असर बीमा नियमावलीमा समेत झल्किएको छ । आलोचना र विरोध हुने डरले प्राधिकरणले सरोकारवालासँग छलफल नै गरी सिधैं मन्त्रालयमाा पेश गरेको हो ।

मस्यौदाको पूर्णपाठ:

 
insurance regulation

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*