नेशनल हाइड्रोपावरले हकप्रद शेयर निष्काशनको लागि तोक्यो बुकक्लोजको मिति
२४ जेष्ठ २०८०, बुधबार १०:३५
काठमाडौं । नेशनल हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजीको ५० प्रतिशत हकप्रद जारी गर्न लागेको हो ।
कम्पनीको जेठ २४ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको प्रतिशेयर १०० रुपैयाँ दरको १ करोड ६४ लाख ४२ हजार ९१९ कित्ता हकप्रद शेयर जारी गर्ने भएको हो । कम्पनीले १ः०.५ प्रतिशत अर्थात् १० कित्ता शेयर बराबर नयाँ ५ कित्ता शेयरका लागि आवेदन दिन पाउनेछन् ।
कम्पनीले हकप्रद शेयर प्रयोजनका लागि यहि असार १ गते बुकक्लोजको मिति तोकेको छ । यसर्थ जेठ ३२ गतेसम्म कायम रहेका शेयरधनीहरुले मात्रै कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।