चिलिमे हाइड्रोपावरद्वारा आफ्ना शेयरधनीलाई लाभांश बुझिलिन अनुरोध

२४ जेष्ठ २०८०, बुधबार ११:२१

काठमाडौं । चिमिले हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुलाई पुरानो लाभांश बुझिलिन अनुरोध गरेको छ । कम्पनीले आफ्नो साधारण सभाबाट पारित भएको पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन भनेको हो ।

कम्पनीले २०७४ साल कात्तिक २४ गते सम्पन्न २१औं वार्षिक साधारण सभाबाट पारित नगद लाभांश बुझिलिन भनेको हो । उक्त लाभांश अबको एक महिनाभित्र आफ्नो वक्यौता नगद लाभांशका लागि कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेडको नारायणचौर, नक्साल, काठमाडौंमा सम्पर्क राख्न सकिनेछ ।

तोकिएको समयभित्र पनि नगद लाभांश नबुझेमा बाँकी नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जानकारी समेत कम्पनीले गराएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*