नेपाल रिपब्लिक मिडियाको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुस रिजल्ट

२४ जेष्ठ २०८०, बुधबार ११:३२

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई निष्काशन गरेको आईपिओ बाँडफाँड गरेको हो । आइपीओ आज बिक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड गरेको हो ।

कम्पनीले विदेशीक रोजगारीमा रहेका नेपाली श्रमिकलाई ४ लाख ३५ हजार ३ सय कित्ता शेयर निष्काशन गरेको थियो । क्यापिटलका अनुसार आइपीओमा कुल २० हजार ७ सय ९१ जनाको आवेदन परेकोमा २० हजार ७ सय ८५ जनाको आवेदन मात्र योग्य भएको छ ।

योग्य रहेका आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरीएको छ । जस अनुसार १० कित्ता वा बढीको लागि आवेदन दिने २० हजार ७ सय ८५ जनाले १० कित्ता कै दरले शेयर पाएका छन् । त्यस्तै २० कित्ता वा बढीको लागि आवेदन दिने १६ हजार ५ सय ९५ जनाले थप १० कित्ता शेयर पाएका छन् ।

त्यस्तै ३० कित्ता वा सो भन्दा बढीको लागि आवेदन दिने १२ हजार १ सय ११ जना मध्ये ६ हजार १ सय ५० जनाले थप १० कित्ता शेयर पाएका छन् । यस हिसाबमा लगानीकर्ताले अधिकतम ३० कित्तासम्म शेयर पाएका छन् ।

कम्पनीको आइपीओ बाँडफाँड सम्बन्धी नतिजा बिक्री प्रबन्धक मेगा क्यापिटलको वेबसाइट https://megacapitalmarkets.com/, मेरो शेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login, र सिडिएसले आइपीओ नतिजा हेर्न संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ मार्फत हेर्न सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*