छ्याङ्दी हाइड्रोपावरले हकप्रद शेयर जारी गर्ने, बोर्डसँग माग्यो अनुमति
२४ जेष्ठ २०८०, बुधबार ११:४२

काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्काशन तथा बिक्री गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ ।
कम्पनीले चुक्तापुँजी १ः१ अनुपात अर्थात १०० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि सेबोनमा सोमबार (जेठ २२ गते) निवेदन दिएको हो । यसका लागि विवरणपत्र तथा आवश्यक सम्पूर्ण कागजात सेबोनमा पेस गरिएको कम्पनीले जनाएको छ ।
सेबोनले अनुमति दिएमा कम्पनीले ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्नेछ । जसअनुसार कम्पनीले ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद जारी गर्नेछ । छ्याङ्दी हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा बीओके क्यापिटल रहेको छ ।