नेपाल हस्पिटालिटी एण्ड होटलको वार्षिक साधारण सभा असार १३मा, आइपीओ निष्काशन गर्ने मुख्य प्रस्ताव
२४ जेष्ठ २०८०, बुधबार ११:५७

काठमाडौं । नेपाल हस्पिटालिटी एण्ड होटल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकको निर्णयले सभा असार १३ गते आह्वान गरेको हो । साधारण सभा कम्पनीको रजिस्टर्डको कार्यालय बसन्तपुर, काठमाडौंमा दिँउसो १ बजेदेखि सुरु हुनेछ ।
साधारण सभाले कम्पनीको पब्लिक शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने छ ।
यसका साथै संचालक समितिको पुनर्गठन गर्ने, संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने प्रस्ताव पारित गर्ने छ ।
साथै, सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्त गरि पारिश्रमिक नियुक्त गर्ने लगायत विभिन्न प्रस्तावहरु पनि पारित गर्ने छ ।