नेप्सेमा दुई हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई हाइड्रोपावर कम्पनीको आइपीओ सूचीकृत भएको छ । दोल्ती पावर र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओ आज सूचीकृत भएको हो ।
दोल्ती पावरको आइपीओ आज ‘डीओएलटीआई’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल ५३ लाख ६४ हजार ८६० कित्ता आइपीओ सूचीकृत भएको हो ।
कम्पनीको आइपीओले पहिलो कारोबारको लागि न्युनतम ८७ रुपैयाँ देखि २६१ रुपैयाँ ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि आधारमा भोलि बिहीबार देखि कम्पनीको शेयर कारोबारमा आउनेछन् ।
यस्तै भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका ५४ लाख ४० हजार ५३४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ६७ रुपैयाँ ६३ पैसा देखि २०२ रुपैयाँ ८९ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि आधारमा भोलि बिहीबार देखि कम्पनीको शेयर कारोबारमा आउनेछन् । कम्पनीको शेयरलाई नेप्सेले (बिइडिसी) कारोबार संकेत प्रदान गरेको छ ।