बीमाशुल्क खातामा जम्मा भएपछि मात्रै मान्य हुने, किस्ताबन्दीमा कस्तो पोलिसी बिक्री गर्न पाईन्छ ?

२४ जेष्ठ २०८०, बुधबार १३:५४

काठमाडौं । नेपाल बीमा प्राधिकरणले तयार गरेको विनियमावली २०८० मा बीमाशूल्क सम्बन्धि नयाँ नियम लागु गरेको छ ।

बीमा कम्पनीहरुको बीमाशूल्क वापतको रकम बैंक खातामा जम्मा भएपछि मात्र मान्य हुने भएको छ । यसका साथै अव बीमा कम्पनीहरुले हवाई तथा इन्जिनियरिङ्ग बीमामा किस्ताबन्दी लागुगरी बीमाशूल्क प्राप्त गर्न सक्ने भएका छन ।

प्राधिकरणले जारीको गरेको सो नियम अनुसार बीमा कम्पनीहरुले चेक मार्फत बीमाशूल्क प्राप्त गरेकोमा बीमकको बैंक खातामा उक्त रकम जम्मा भएपछि मात्र बीमकले बीमाशूल्क प्राप्त गरेको मानिने ब्यवस्था गरेको छ ।

बीमा कम्पनीहरुले हवाई बीमा वा इन्जिनियरिङ्ग बीमा अन्तर्गत एक वर्ष भन्दा बढी अवधि रहेको परियोजनाको बीमा गर्दा बीमालेख जारी भएको एक वर्ष भित्र बीमाशूल्क प्राप्त गर्ने गरी किस्ताबन्दीमा बीमाशूल्क प्राप्त गर्न सकिने व्यवस्था गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*