बीमा अभिकर्ताले पाउने कमिशनसम्बन्धी यस्तो बन्यो नयाँ व्यवस्था, कुन अवधिमा कति ?

२४ जेष्ठ २०८०, बुधबार १४:१४

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा नियमावली २०८० को मस्यौदा तयार पारेको छ । बीमा नियमावलीको मस्यौदामा अभिकर्ताहरुले जीवन बीमा शुल्क रकममा जीवन बीमामा अनुसूची ९ मा उल्लेख भएबमोजिम कमिशन पाउनेछन् ।

बीमा नियमावली २०८० को अनुसूची ९ मा सावधिक र आजीवन जीवन बीमाको लागि बीमालेखको अवधिअनुसार अभिकर्ताले कमिशन पाउनेछन् । जसमा ५ वर्षदेखि ७ वर्ष सम्म र ८ वर्षदेखि ९ वर्षसम्मका लागि पहिलो वर्ष १० प्रतिशतका दरले कमिशन पाउनेछन् । त्यस्तै, ५ वर्षदेखि ७ वर्षसम्मको बीमालेखको अवधिको दोस्रो वर्ष ५ प्रतिशत र तेस्रो वर्षदेखि १० वर्षसम्मका लागि ५ प्रतिशतका दरले कमिशन पाउनेछन् । त्यस्तै, यता ८ वर्षदेखि ९ वर्ष अवधि बीमालेखको दोस्रो वर्षमा अभिकर्ताले १० प्रतिशत र तेस्रो वर्षदेखि १० वर्षसम्मका लागि ५ प्रतिशत कमशिन पाउनेछन् ।

साथै २० वा सो भन्दा बढी अवधि भएको बीमालेखअन्तर्गत पहिलो र दोस्रो वर्षमा २५–२५ प्रतिशत र तेस्रो वर्षदेखि १० वर्षसम्मका लागि ५ प्रतिशत कमिशन पाउने व्यवस्था रहेको छ ।

साथै यता निर्जीवन बीमामा भने बीमाशुल्कको पाँच प्रतिशत कमिशन पाउने अभिकर्ताहरुले पाउने नियमावलीमा व्यवस्था रहेको छ । त्यस्तै, लघुबीमा र स्वास्थ्य बीमामा प्राधिकरणले निर्धारण गरेबमोजिम हुनेछ ।

 

One thought on “बीमा अभिकर्ताले पाउने कमिशनसम्बन्धी यस्तो बन्यो नयाँ व्यवस्था, कुन अवधिमा कति ?

  1. Shiva Prasad Panta says:

    Good Notice

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*