झिनो अंकले बढ्यो नेप्से, ८ उपसूचकमा हरियाली छाउदा २ अर्बमाथिको कारोबार

२४ जेष्ठ २०८०, बुधबार १५:१०

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ४.६८ अंकले बढेर १९३२ विन्दुमा कायम हुन पुगेको छ ।
नेप्सेमा सूचीकृत २६१ कम्पनीको ६५ लाख ४१ हजार ३८८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३६ करोड ८८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज बैकिङ्ग, होटल तथा पर्यटन, जीवन बीमा, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसूचक बाहेकका सबै उपसूचकमा हरियाली छाएको छ । सर्वाधिक ब्यापार इन्डेक्स ४.९७ प्रतिशत र विकास बैंकको १.१४ प्रतिशतले बढेको छ । त्यस्तै, निर्जीवन बीमा उपसूचक शुन्य दशमलव ६२ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*