लाभांश प्रस्ताव सहित नेपाल पुनर्बीमा कम्पनीले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

२६ जेष्ठ २०८०, शुक्रबार १०:१९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ २५ गते बसेको संचालक समितिको निर्णयले सभा असार १५ गतेका दिन अमृतभोग, कालिकास्थान काठमाडौंमा आह्वान गरेको हो । सभा विहान ११ः ३० मा सुरु हुनेछ ।

सभाले कम्पनीको चुक्ता पूँजी १२ अर्ब २३ करोड २५ लाख रुपैयाँको ४.७५ (चार दशमलव सात पाँच) प्रतिशतका दरले हुन आउने ५८ करोड १० लाख रुपैयाँ बोनश शेयर वितरण गर्न स्वीकृति प्रदान गर्ने छ ।

सभाले कम्पनीको चुक्ता पूँजी १२ अर्व २३ करोड २५ लाख रुपैयाँको ०.२५ (शुन्य दशमलव दुई पाँच) प्रतिशत नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) वितरण गर्न स्वीकृति प्रदान गर्ने छ ।

सभाले आर्थिक वर्ष २०७८।७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको २०७९ असार मसान्तको वासलात, आ.व. २०७८।७९ को नाफा।नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने छ ।

यसका साथै सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७९।८० को लागि बाह्य लेखापरीक्षकमा टि.आर. उपाध्याय एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्स, लालदरबार, काठमाण्डौलाई नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।

यसका साथै सभाले नेपाल स्टक एक्चेन्ज लिमिटेडमा मिति २०८०।०३।०६ गतेसम्म कारोवार भई नियमानुसार शेयर नामसारी भएका शेयर धनीहरु मात्र साधारण सभामा भाग लिन योग्य हुनेछन् ।

कम्पनीले सधारण सभा प्रयोजनको लागि असार ७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*