हिमालयन रि इन्स्योरेन्सको वित्तीय सूचाङ्कमा प्रगति, यस्तो देखियो तेस्रो त्रैमासिक रिर्पोट

३० जेष्ठ २०८०, मंगलवार १०:४७

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण आज प्रकाशित गरेको छ । तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले २५ करोड ४४ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले यस अवधिसम्म आर्जन गरेको नाफा गत आर्थिक वर्षको यसै अवधिसम्मको तुलनामा २९.५१ प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्म हिमालयन रि ले १९ करोड ६४ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

प्रकाशित विवरणअनुसार कम्पनीको बीमा कोषको आकार उत्कृष्ट रुपमा बृद्धि भएको छ । गत वर्षको यसै अवधिसम्म बीमा कोषमा ४८ लाख १९ हजार रुपैयाँ मात्रै संचिति रहेकोमा यस अवधिसम्म कोषको आकार २७४२ प्रतिशतले बृद्धि भई कोषमा १३ करोड ६९ लाख रुपैयाँ संचिति रहेको छ ।

साथै यता कम्पनीको जगेडा कोषको आकार समेत गत वर्षको तुलनामा ९२.३३ प्रतिशतले बृद्धि भई कोषमा ३८ करोड ५८ लाख रुपैयाँ संचित रहेको छ । गत वर्ष कम्पनीको जगेडामा २० करोड ६ लाख रुपैयाँ संचिति रहेको थियो । साथै महाविपत्ती कोषको आकार समेत कम्पनीले उत्कृष्ट रुपमा बढाएर यस्तो कोषमा १ करोड ५० लाख रुपैयाँ संचित गरेको छ ।

चालु आवको चैत मसान्तसम्म कम्पनीले ३ अर्ब ३८ करोड ४६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यसै अवधिसम्म कम्पनीले ४७ करोड ४९ लाख ६४ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । ब्यापार व्यवसायमा उल्लेख्य प्रगति गर्दै हिमालयन रि ले तेस्रो त्रैमाससम्म २४ करोड ७२ लाख ६१ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको यसै अवधिसम्म कम्पनीले १ करोड ४६ लाख रुपैयाँ मात्रै दाबी भुक्तानी गरेको थियो ।

साथै सो अवधिसम्म कम्पनीको पुनर्बीमा कमिशन खर्च ८२ करोड ५० लाख ९६ हजार रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीको यस्तो खर्च ९ करोड ८५ लाख ८५ हजार रुपैयाँ मात्रै रहेको थियो । कम्पनीको पुनर्बीमा कमिशन खर्च बढ्दा कम्पनीको व्यवसाय पनि उत्तिकै बढेको बुझ्न सकिन्छ ।

साथै चैत मसान्तसम्म कम्पनीको कुल बीमा शुल्क आर्जन भने ३ अर्ब ५८ करोड ९१ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसै अवधिसम्म कम्पनीको कुल बीमा शुल्क आर्जन जम्मा ५२ करोड ५९ लाख ६६ हजार रुपैयाँ मात्रै रहेको थियो । सो अवधिसम्म कम्पनीको भुक्तानी हुन बाँकी रकम ६२ करोड ६९ लाख २९ हजार रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*