अनलाईन जुवा खेलाउने गिरोहमाथि प्रहरीको एक्सन, पाँच जना पक्राउ, दिनेश खड्काको खातामा भेटियो ६४ करोड

३१ जेष्ठ २०८०, बुधबार १५:०२

काठमाडौं । अनलाईनमार्फत सोझा नेपालीहरुलाई फसाउँदै क्यासिनो तथा जुवा खेलाएर पौने करोड रुपैयाँ ठगी गर्ने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया सुरु गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मी दिएको जानकारी अनुसार क्रिप्टो करेन्सीमा लगानी गर्न लगाउने तथा एक्सवान बेट नामक अनलाईन जुवा खेलाउने धन्दामा संलग्न कैलालीका २९ बर्षिय दिनेश खड्का, भक्तपुरका दीपेश श्रेष्ठ, धनगढीका दिनेश चन्द, सिए पढ्दै गरेका आशिष लामिछाने र खड्काकी श्रीमती अनिता धिताललाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले अनलाईन ठगी धन्दामा संलग्न फरक फरक चार वटा र्याकेटलाई एकै पटक अप्रेशनमार्फत पक्राउ गरेको हो । उनीहरु मध्ये दिनेश खड्काका बैंक खातामा ६४ करोड रुपैयाँ भेटिएको छ ।

 

लामो समयदेखि सो कार्यमा संलग्न उनीहरुले हालसम्म नेपाली प्रयोगकर्ताहरुको खल्ती, इसेवा जस्ता डिजिटल भुक्तानी सेवा प्रदायकमार्फत ७४ करोड रुपैयाँभन्दा बढि ठगी गरेको प्रारम्भिक रुपमा भेटिएको छ । प्रहरी स्रोतले भन्यो, कूल रकम अर्बौ रुपैयाँ हाल बैंकहरुबाट विवरण आउन बाँकी छ । बीमापोष्टले नेपालमा अनलाईन जुवाको अबैध धन्दामा खल्ती, इसेवा र कतिपय बैंकहरुकै संलग्नता रहेको तथ्यसहितको समाचार प्रकाशित गरेको थियो ।

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका अनुसार अभियुक्तहरुले आफ्नो अपराध कबूल गरिसकेका छन् । उनीहरुबाट ठूलो मात्रामा मोबाइलको सिम कार्ड, खल्तीको आईडी, इसेवा आईडी, विभिन्न बैंकहरुको चेक तथा एटिएम, मोबाइल सेटहरु बरामद गरेको प्रहरीले जनाएको छ ।

नेपालमा संगठित गिरोहले नै सो कार्य गर्दै गराउँदै आइरहेको निष्कर्ष निकाल्दै प्रहरीले गम्भिर रुपमा छानविन सुरु गरेको थियो । विगत दुई वर्षदेखि विभिन्न समुहहरुले यस्तो अबैध धन्दा चलाउँदै आएका छन् । क्रिप्टो करेन्सी तथा अनलाईन जुवा, बेटिङ धन्दा चलाउनेहरुको सम्बन्धमा आवश्यक सूचना प्राप्त गरेमा प्रहरीलाई दिन समेत काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

 

खल्ती, मोरु र सिटिजन्स बैंकको संलग्नतामा अनलाईन जुवाको जालो फैलदै, कतारमा गोल हान्दा नेपालमा करोडौं झ्वाम

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*