जन्मदिनमा जीवन संगिनीलाई उपहार स्वरुप १० लाखको बीमा पोलिसी हस्तान्तरण

३१ जेष्ठ २०८०, बुधबार १९:५४

पाल्पा । उपहारमै जोखिम रक्षावरण गर्ने बीमा पोलिसी पाउन थालेपछि पाउनेलाई पनि जीवनभर दिनेलाई पनि जीवनभर नै खुशी हुने भएन त ? पछिल्लो समय बीमा क्षेत्रमा लागेका बीमाकर्मीहरुले विभिन्न उत्सव, विवाह लगायतका पर्वहरुमा जिन्सी, सामान, गहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको छ ।

महंगा सुन, गहना तथा अन्य उपभोग्य बस्तुमा गरिने खर्च आफू मात्रै नभई आफ्ना भावी पुस्ताको लागि समेत उपयोगी हुने गरी जीवन बीमा पोलिसी उपहार दिने संस्कृति वास्तवमै मानव जीवनको लागि निकै महत्वपूर्ण छ । यसैबीच तानसेन १ निवासी बिश्वनाथ भट्टराईले आफ्नो जीवनसंगिनीको जन्मदिनमा जीवन बीमा पोलिसी उपहार दिएर समाजको मार्गदर्शक बनेका छन् ।

भट्टराईले श्रीमती रिता भट्टराईको ४९ औ जन्मदिनको उपलक्ष्यमा १० लाख बीमाङ्कको सिटीजन जीवन सारथि बीमा पोलिसि उपहार दिएका हुन् । उनले श्रीमतीलाई सिटिजन लाइफ इन्स्योरेन्स पाल्पा शाखाबाट उक्त बिमा खरिद गरी जन्म दिनको अवसरमा हस्तान्तरण गरेका हुन् ।

भट्टराईले भने जिन्सी सामान वा गर, गहना, पार्टी भोज भन्ने कुरा विकृति र विसंगति मात्र हुन्, वस्तु दिउनजेल एकैछिन मात्रको खुसी हो, तर बीमा पोलेसी त बचत संग–संगै भावी सन्ततीको भविष्य निर्माण, जोखिम न्यूनिकरण तथा वुढेसकालको साहाराको रुपमा बीमालाई लिने गरिन्छ । बीमाले आर्थिक सुरक्षाको ग्यारेन्टी गर्ने भएकोले आफ्नी जीवन संगिनीको जन्म दिनमा १० लाख रुपैयाँको जीवन बीमा पोलिसी उपहार दिएको भट्टराईले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*