नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

६ असार २०८०, बुधबार ०९:१०

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (असार ६ गते) अन्तिम दिन रहेको छ ।

कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थको लागि भोलि असार ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ आज असार ६ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।

कम्पनीले आफ्नो आठौँ वार्षिक साधारणसभा यही असार १५ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको कालिकास्थान अमृतभोगमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ ।

सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित कुल ५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश छन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*