बोनस शेयरपछि नेपाल पुनर्बिमा कम्पनीको मूल्य समायोजन

६ असार २०८०, बुधबार १६:४१

काठमाडौं ।  नेप्सेमा नेपाल पुनर्बिमा कम्पनीको ४ दशमलव ७५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।बुधबारको अन्तिम कारोबार मूल्य ७८० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पछि यसको मूल्य ७४४ रुपैयाँ ६३ पैसा कायम भएको छ । यसै मूल्यलाई आधार मानेर बिहीबार सेयर कारोबार खुला हुनेछ।

कम्पनीले असार १५ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ । सभा अमृतभोग कालिका स्थान, काठमाडौंमा बिहान ११.३० बजे सुरु हुनेछ ।सभामा आर्थिक वर्ष २०७८–७९ को नाफाबाट लगानीकर्तालाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित गरेर ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।सभा प्रयोजनार्थ कम्पनीले असार ७ गते बुक क्लोज गर्दैछ । तसर्थ, आज असार ६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*