बीमाको दीगो विकासबारे जीवन बीमाका सिईओहरुसँग अन्तरक्रिया सम्पन्न, कठिन अवस्थाबारे छलफल

१० असार २०८०, आईतवार १४:०२

काठमाडौं । नेपालमा सञ्चालित सबै जीवन बीमा कम्पनीका सिईओहरुसँग जीवन बीमाको दीगो विकास तथा स्थायित्व कायम गर्ने बारेमा दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पुनर्बीमा कम्पनीको आयोजनामा भारतको प्रख्यात जेबी बोडा कम्पनीमा कार्यरत प्रख्यात अपर्णा चिन्चनकार अर्का स्वेतम्वरी दम्बालेले रिसोर्स पर्सनको रुपमा जीवन बीमा व्यवसायका विविध आयामहरुबारे प्रस्तुती दिएका थिए ।

ललितपुरको लाकुरी भन्ज्याङ्मा आयोजित कार्यक्रम यही असार ८ गते सुरु भई ९ गते समापन भएको हो । कार्यक्रममा जीवन बीमा व्यवसायले पछिल्ला दिनहरुमा भोग्नु परेको कठिनाई, आगामी दिनमा उत्पन्न हुनसक्ने चुनौतिहरु, जोखिममा आधारित चुक्ता पुँजि कार्यान्वयन गर्न व्यवसस्थापन, सञ्चालकहरुले खेल्नुपर्ने भूमिका लगायतका विषयमा समेत छलफल भएको थियो । कार्यक्रममा नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुको साझा संस्था नेपाल जीवन बीमक संघमा आबद्ध सबै बीमा कम्पनीका सिईओहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा जीवन बीमा व्यवसायमा जारी आर्थिक संकटले पार्ने असर, नेपालमा उत्पन्न राजनीतिक परिस्थितिले व्यवसायमा पार्ने असरको सम्बन्धमा पनि छलफल भएको थियो । कार्यक्रममा भारतमा सन् २०४९ सम्ममा करिब डेढ अर्बभन्दा बढि जनता सबैको बीमा गराईसक्ने लक्ष्य लिएको सन्दर्भमा नेपालमा कस्तो भूमिका हुनसक्दछ भन्ने विषयमा समेत छलफल भएको कार्यक्रममा सहभागी एक सिईओले बीमापोष्टलाई जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*