नेसनल हाइड्रोपावरले असार २९ बाट हकप्रद शेयर निष्काशन गर्ने

११ असार २०८०, सोमबार ०९:२२

काठमाण्डौ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले यही असार २९ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले चुक्तापुँजीको १०ः५ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ८२ लाख २१ हजार ४५९।७१७८ कित्ता हकप्रद शेयर बिक्री गर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो शेयरबाट लगानीकर्ताले खरिद आवेदन दिन पाउनेछन् ।

यसैगरी मुक्तिनाथ क्यापिटल तथा मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी, विराटनगर, जनकपुर र लमजुङ शाख कार्यालयबाट पनि खरिद आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले गत असार १ गते बुक क्लोज गरिसकेको छ । यसको अर्थ जेठ ३२ गतेसम्म कायम लगानीकर्ताले यो हकप्रदमा आवेदन दिन पाउनेछन्।

हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*