नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा शेखर बराल र जिनुका पोखरेल बन्ने निश्चित

१२ असार २०८०, मंगलवार १३:१४

काठमाडौं । काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संचालकमा शेखर बराल र जिनुका पोखरेल निर्विरोध चयन हुने निश्चित भएको छ । यस अघि नेपाल पुनर्बीमाको सञ्चालकबाट दुई जनाले राजिनामा गरेपछि सो पद रिक्त रहेको थियो ।

राष्ट्रिय बीमा कम्पनीका सिईओ शेखर बराल र सूर्या ज्योति लाइफको तर्फबाट जिनुका पोखरेलको मात्रै आवेदन दर्ता भएपछि निर्विरोध निर्वाचित हुने भएका हुन् ।

कम्पनीले माग गरेको आवेदनमा हालसम्म दुईजनाको आवेदन परेको जनाएको छ । कम्पनीले आवेदन खुलाएको अन्तिम दिनमा निर्विरोध निर्वाचितको नाम सार्वजनिक गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*