नेपाल पुनर्बीमा कम्पनीको बार्षिक साधारण सभा आज, लाभांश प्रस्ताव मुख्य एजेण्डा

१५ असार २०८०, शुक्रबार १०:३०

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आज शुक्रबार असार १५ गते साधारण सभा बस्दैछ । सभा अमृतभोग कालिका स्थान, काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ । साधारण सभामा आर्थिक वर्ष २०७८–७९ को नाफाबाट लगानीकर्तालाई ४.७५% बोनस सेयर र कर प्रयोजनका लागि ०.२५% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश हुनेछ।

प्रस्तावित बोनस सेयर सरकार र बीमाप्राधिकरणबाट स्वीकृत भई सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ । कम्पनीको नियमावली संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ ।

सभामा आर्थिक वर्ष २०७८–७९ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

सभा प्रयोजनार्थ कम्पनीले असार ७ गते बुक क्लोज गरिसकेको छ। असार ६ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*