नेपाल पुनर्बीमा कम्पनीको बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

१५ असार २०८०, शुक्रबार १२:२७

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आज शुक्रबार असार १५ गते साधारण सभा सम्पन्न भएको छ । । सभा अमृतभोग कालिका स्थान, काठमाडौंमा सम्पन्न भएको हो ।

साधारण सभामा आर्थिक वर्ष २०७८–७९ को नाफाबाट लगानीकर्तालाई ४।७५५ बोनस सेयर र कर प्रयोजनका लागि ०।२५५ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित भएको छ ।

प्रस्तावित बोनस सेयर सरकार र बीमाप्राधिकरणबाट स्वीकृत भई सभाबाट पारित भएको छ । कम्पनीको नियमावली संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिएको छ ।

सभामा आर्थिक वर्ष २०७८–७९ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल भएको छ । सो प्रस्ताव पारित भएको छ । आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पारित भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*