निर्जीवन बीमा कम्पनीले जेठ महिनासम्ममा बाग्मती प्रदेशबाट आर्जन गरे सबैभन्दा बढी बीमाशुल्क, अन्य प्रदेशको अबस्था कस्तो ?

१९ असार २०८०, मंगलवार ०६:०३

काठमाडौं । नेपालमा संचालित रहेका १४ निर्जीवन बीमा कम्पनीहरु जेठ महिनासम्ममा ३६ अर्व १९ करोड ८८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीहरुले जेठ महिनासम्ममा सम्पति, सामुन्द्रिक, हवाई, मोटर, इन्जिनियर सम्बन्धि, विविध, लघु र कृषि तथा बालि लगायतका बीमा लेखहरुबाट उक्त बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।

नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको बीमाशुल्कको प्रदेशगत विवरण अनुसार बाग्मती प्रदेशबाट सबैभन्दा बढी बीमा शुल्क संकलन भएको छ । जेठ महिनासम्ममा बीमा कम्पनीहरुले यस प्रदेशबाट २४ अर्ब २४ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । देशको संघिय राजधानी रहेको र जनसंख्या पनि अन्य सबै प्रदेशभन्दा बढी रहेको तथा व्यापारिक केन्द्रको रुपमा विकास भएको कारणले बाग्मती प्रदेशमा बढी बीमा शूल्क संकलन भएको प्रकाशित तथ्यांकले देखाएको छ ।

यसैसँगै, बीमा शुल्क संकलनको आधारमा दोस्रो नम्बरमा लुम्बिनी प्रदेश रहेको छ । जेठ महिनासम्ममा बीमा कम्पनीहरुले लुम्बिनी प्रदेशबाट ३ अर्ब २१ करोड ६४ लाख बीमा शुल्क संकलन गर्न सफल भएका छन् ।

त्यस्तै, बीमा कम्पनीहरुले यस त्रैमाससम्ममा कोशी प्रदेशबाट ३ अर्व १४ करोड ८९ लाख रुपैयाँ, मधेश प्रदेशबाट २ अर्व २२ करोड ४६ लाख रुपैयाँ, गण्डकी प्रदेशबाट १ अर्व ९५ करोड ७१ लाख रुपैयाँ, कर्णाली प्रदेशबाट ४९ करोड ५५ लाख रुपैयाँ र सुदुरपश्चिम प्रदेशबाट ६८ करोड ९७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

निर्जिवन बीमा कम्पनीहरुले कर्णाली प्रदेशबाट सबैभन्दा कम बीमा शुल्क संकलन गरेका छन् । संघिय राजधानीबाट लामो दुरीमा रहेको र शिक्षा तथा बीमा जनचेतनाको अभाव लगायत अन्य थुप्रै कारणले बीमा व्यापार घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*