गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको औपचारिक कारोबार सुरु, बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले गरे उद्घाटन

रिना खत्री
२२ असार २०८०, शुक्रबार ११:४४

बिराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा मुख्य कार्यालय रहेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आजबाट औचापरिक रुपमा कारोबार शुभारम्भ गरेको छ । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले आज आयोजित कार्यक्रमका बीच गार्जियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको उद्घाटन गरेका हुन् ।

हाल ७५ करोड रुपैयाँ चुक्ता पुँजि रहेको कम्पनीले देशको ग्रामिण क्षेत्रमा पुगेर लघुबीमा व्यवसाय गर्न बीमा प्राधिकरणले दुई महिना पहिले अनुमति दिएको थियो । कम्पनीको सिईओमा प्रख्यात बीमा प्रशासक चिरायु भण्डारी रहेका छन् भने अध्यष उपिद श्रेष्ठ रहेका छन् ।
गार्डियन माइक्रो लाइफले नेपालमा पहिलो पटक लघुबीमाको कारोबार शुभारम्भ गरेको हो ।

 

कारोबार शुभारम्भ समारोहमा बोल्दै कम्पनीका सिईओ चिरायु भण्डारीले बीमाको पहुँच नपुगेको कारणले अप्ठेरोमा परेका जनताको बीचमा गार्डियन माईक्रो इन्स्योरेन्स कम्पनीले सहज रुपमा बीमा सेवा पुर्याउने प्रतिबद्धता जनाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*