हामी बजारमा चलेका जीवन बीमा कम्पनीका प्रतिस्पर्धी होइनौं, डिजिटल बीमा पोलिसी जारी गरेर नयाँ व्यवसाय गछौंः गार्डियन- सिईओ भण्डारी

रिना खत्री
२२ असार २०८०, शुक्रबार १२:०४

बिराटनगर । आजैबाट औपचारिक रुपमा कारोबार शुभारम्भ गरेको गार्डियन माइक्रो इन्स्योरेन्स कम्पनीका सिईओ चिरायु भण्डारीले आफूहरु अहिले सञ्चालनमा रहेका बीमा कम्पनीको प्रतिस्पर्धी कम्पनीको रुपमा बजारमा आएको नसोच्न आग्रह गरेका छन् ।

विराटनगर मुख्यालय रहेको गार्डियन माइक्रो इन्स्योरेन्स कम्पनीको आज औपचारिक कारोबार शुभारम्भ गर्दै सिईओ भण्डारीले भने, ‘हामी एक्जिस्टिङ लाइफ इन्स्योरेन्स कम्पनीका प्रतिस्पर्धीहरु होइनौं ।’ उनले हाल बजारमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुलाई त्यसरी नसोच्न आग्रह गर्दै आफूहरु गाउँ गाउँमा निम्न आय भएका गरिब जनताको बीमा गरेर उनीहरुको जोखिम रक्षावरण गर्ने विशाल उद्देश्य बोकेर मैदानमा उत्रिएको बताए ।

सिईओ भण्डारीले आफूहरु जीवन बीमा कम्पनीहरुको सहयोगीको रुपमा काम गर्न चाहेको बताए । उनले लघु जीवन बीमा कम्पनी जीवन बीमाको बीऊ कम्पनी भएको बताउँदै यसले सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुलाई नै फाइदा पुग्ने बताए ।
सिईओ भण्डारीले देशका कुना काप्चामा बीमाको पहुँच पुग्न बाँकी रहेको बताउँदै त्यसतर्फ ध्यान दिने बताए । सिईओ भण्डारीले आफूहरुले पेपरलेस बीमा र डिजिटल बीमाको नयाँ अबधारणा लिएर आएको बताए ।

सिईओ भण्डारीले एजेन्सी नेटवर्किङ भन्दा पनि डिजिटल माध्यमबाट बीमाको व्यवसाय गर्न चाहेको बताएका छन् । उनले नेपाली बीमालाई नयाँ युगमा पुर्याउने गरी काम गर्न आफू प्रतिबद्ध रहेको औपचारिक शुभारम्भ कार्यक्रममा सिईओ भण्डारीले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*