डिजिटल प्रविधिमार्फत दावी भुक्तानी र बीमा पोलिसी बिक्रीले बीमा क्षेत्र नयाँ युगमा पुग्छः कार्यकारी निर्देशक राजुरमण पौडेल

२२ असार २०८०, शुक्रबार १२:२२

बिराटनगर । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले डिजिटल प्रविधिसहितको बीमा सेवाले नेपालका परम्परागत बीमा सेवामा नयाँ युगको सूत्रपात हुने बताएका छन् ।

आज विराटनगरमा आयोजित गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको उद्घाटन गर्दै कार्यकारी निर्देशक पौडेलले बीमा दावी भुक्तानी डिजिटल माध्यमबाट हुने सकेमा आम बीमितहरुले ठूलो राहतले पाउने र यसले बीमाप्रतिको विश्वास झनै बढेर जाने बताएका हुन् ।

डिजिटल प्रविधि सहितको नयाँ शैलीको बीमा सेवा शुरु गर्ने घोषणा गरेको गार्डियन लघुबीमा कम्पनीको कारोबार शुभारम्भ गर्दै कार्यकारी निर्देशक पौडेलले भने, ‘दुई लाख रुपैयाँसम्मको दावी हामीले प्रदेश कार्यालयलाई निर्देशन दिइसकेका छौं । अब माइक्रो इन्स्योरेन्स कम्पनीहरुलाई पनि मोबाइलबाटै बीमा गर्ने र दावी गर्न सक्ने अवस्था सिर्जना गर्नोस भनेर भनेका छौं । त्यसले नेपालको बीमा क्षेत्रमा नयाँ अध्याय सुरु हुनेछ ।’

कार्यकारी निर्देशक पौडेलले बीमा सेवा अब जनताको हात हातमा पुग्ने बताउँदै कम्पनीको सफलताको शुभकामना दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*