ललिता निवासको सरकारी जग्गा ग्लोबल आइएमई, हिमालयनसहित ११ बैंकमा धितो, दुई अर्ब ४१ करोड जोखिममा

रिना खत्री
२५ असार २०८०, सोमबार १९:०४

काठमाडौं । चरम विवादित बालुवाटारस्थित ललिता निवासको जग्गा धितोमा राखेर ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लगायतका ११ वटा बैंकका दुई अर्ब ४१ करोड रुपैयाँ भन्दा बढि रकम धितोमा कर्जा दिएको तथ्य फेला परेको छ ।

विवादित १४३ रोपनी जग्गा मध्ये २२ जना व्यक्ति र १ कम्पनीले २ अर्ब ४१ करोड रुपैयाँभन्दा बढी कर्जा लिएको खुलेको हो । उनीहरुले जग्गा किन्न कर्जा लिएको र त्यही जग्गा बैंकमा धितो राखेर ऋण लिएको खुलेको हो । उक्त जग्गा नै सरकारीकरण गर्ने प्रक्रिया अघि बढिसकेकोले अब ११ बैंकका दुई अर्ब ४१ करोड भन्दा बढि रकम जोखिममा परेको छ ।

ललिता निवासको सरकारी जग्गा धितोमा राखेर १० लाखदेखि ६९ करोड रुपैयाँभन्दा बढीसम्म पनि कर्जा लिएको पाइएको छ । उक्त जग्गा किन्न धितो राखेर कर्जा दिएपनि कतिपय बैंक तथा वित्तीय संस्था मर्जर समेत भइसकेका छन् ।
ग्लोबल आईएमई बैंक शोभाकान्त र उमा कुमारीले २०७० माघ ८ गते ३ करोड ७५ लाख, बैंक अफ एशियाबाट प्रविण ताम्राकारले ७५ लाख ७८ हजार १२५ रुपैयाँ कर्जा लिएका छन् । यस्तै, उनले २०६५ फागुन २८ गते उक्त कर्जा लिएका छन् । काठमाण्डप डेभलपमेन्ट बैंकबाट नितु गुरुङले १ करोड ४० लाख कर्जा लिएकी छिन् । उनले २०७० कात्तिक ११ गते कर्जा लिएको पाइएको छ ।

हिमालयन बैंक संगिता कोठारी राखेथाले २०७३ असार १६ गते ३ करोड ३१ लाख कर्जा लिएकी थिइन् । तत्कालिन यती डेभलपमेन्ट बैंकबाट सन्दीप ढकालले २०७१ पुस ३ गते ४९ लाख रुपैयाँ जग्गा धितो राखेर कर्जा लिएको पाइएको छ । नेपाल बैंकबाट भारती पाण्डेले २०७३ जेठ २६ गते १० लाख कर्जा लिएकी छिन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकबाट पुरुषोत्तम पौडेलले ६९ करोड १० लाख कर्जा लिएका छन् । उनले २०६३ साल माघ २३ गते २६ करोड र २०७२ असार २४ गते ललिता निवासको जग्गा धितो राखेर ४३ करोड १० लाख रुपैयाँ कर्जा लिएको पाइएको छ । यस्तै उक्त बैंकबाट इन्दु शर्मा ६९ करोड १० लाख रुपैयाँ कर्जा २०६४ वैशाख २३ गते कर्जा लिएको पाइएको छ । उनले वैशाख २३ गते २६ करोड र २०७३ असोज १७ गते ४३ करोड १० लाख कर्जा लिएको पाइएको छ । २०६१ साल चैत २९ गते विवेक कुमार सुवेदीले बैंकबाट १० करोड कर्जा लिएका थिए ।

नेपाल डेभलपमेन्ट एण्ड इमप्लायमेन्ट प्रमोसन बैंक नुतन श्रेष्ठले २० लाख लिएका छन् । उनले २०६४ साउन १४ गते कर्जा लिएकी थिइन । प्राइम बैंकबाट सन्ध्या शाक्यले २ करोड ४२ लाख रुपैयाँ २०६६ माघ ११ गते ६० लाख र २०७१ जेठ ११ गते १८ करोड २० लाख ऋण लिएका थिए ।

लक्ष्मी बैंकबाट सरला गुरुङले २०७१ माघ १९ गते १८ करोड ३५ लाख, कामना गुरुङले २०७१ माघ १९ गते १४ करोड ३५ लाख र कल्याण गुरुङले २०७१ माघ १९ गते १४ करोड ३५ लाख कर्जा लिएका थिए । तत्कालिन किष्ट बैंकबाट सरस्वती घले गुरुङ र सरला गुरुङले १० करोड रुपैयाँ जग्गा धितो राखेर कर्जा लिएको पाइएको छ ।

यस्तै आईएमई फाइनान्स इन्स्टिच्युटबाट उमाकुमारी ढकाल र माधवी सुवेदीले १ करोड ९० लाख रुपैयाँ कर्जा २०६७ असोज २५ गते कर्जा लिएका थिए । २०६६ असार २६ गते तत्कालिन युनिक फाइनान्स इन्स्टिच्युशनबाट बद्री लक्ष्मी श्रेष्ठले १ करोड कर्जा लिएका थिए ।

गोर्खालीले तत्कालिन युनिक फाइनान्सबाट २०६७ चैत २२ गते २ करोड कर्जा ललिता निवासको जग्गा धितो राखेर निकालेकी थिइन् । आर्या तारा बचत तथा ऋण सहकारी संस्थाबाट केशव तुलाधरले २०७३ असार १६ गते २ करोड कर्जा लिएको पाइएको छ । तत्कालिन एनआईडीसी डेभलपमेन्ट बैंकबाट डिएलएफ डेभलपर्स १५ करोड कर्जा २०७१ वैशाख २ गते लिएको पाइएको छ । उक्त कम्पनीका सञ्चालक कैलाशचन्द्र गोयल हुन् । यो हाल राष्ट्रिय वाणिज्य बैंकसँग मर्जर भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*