अर्थमन्त्रीको त्यो ठाडो निर्देशन, अनि सच्चियो पुरानो त्रुटी, अब सूर्य सिलवाल के गर्लान ?

रिना खत्री
३१ असार २०८०, आईतवार ०७:५६

काठमाडौं । गत शुक्रबार नेपाल बीमा प्राधिकरणबाट एउटा निर्देशन निर्जीवन बीमा कम्पनीहरुमा पुग्यो । जसमा यसअघि नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालको निर्देशनमा जारी गरिएको निर्देशनलाई उल्टाइयाएको थियो । कार्यकारी अध्यक्षको आदेशमा जारी निणर्य अध्यक्ष नभएको बेला पारेर कार्यकारी निर्देशकले उल्टाइदिए पछि यतिबेला नेपाल बीमा प्राधिकरणमा अब के होला ? चासोको विषय बनेको छ ।

नेपाल पुनर्बीमा कम्पनीले लामो समयदेखि आफूमाथि नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र सरकारबाट भएको अन्यायका विरुद्धमा लड्दै आएको थियो । सोही क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत नेपाल पुनर्बीमा कम्पनीको तर्कमा सहमत भए । जस अनुसार गत शुक्रबार विहानै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलसहितलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले बोलाएर आतंकवाद जोखिम बहन कोष बाँडफाँडबारे ब्रिफिङ लिए । जसमा मन्त्री महत सन्तुष्ट भएनन् र तत्कालै निर्देशन दिए, ‘आजै त्रुटी सच्याएर सबै बीमा कम्पनीहरुलाई पत्राचार गर्नु’

 

त्यसपछि कार्यकारी निर्देशक राजुरमण पौडेलले छलफल सुरु गरे । अध्यक्ष सूर्य सिलवाल नेपालमा थिएनन् । अध्यक्ष नभएको बेला आजै पत्राचार गर्नु भन्ने अर्थमन्त्रालयको निर्देशनसँगै अन्ततः कार्यकारी निर्देशक राजुमरण पौडेलले बीमा प्राधिकरणको इतिहासमा अध्यक्षको सहमति बिना नै पहिलो निणर्यमा हस्ताक्षर गरे । सो निर्देशनमा अर्थ मन्त्रालयलाई समेत बोधार्थ दिइएको छ । साथै अध्यक्ष सूर्य प्रसाद सिलवाललाई समेत बोधार्थ दिइएको छ ।

शुक्रबार अपरान्ह सबै बीमा कम्पनीहरुमा पत्राचार भयो । नेपाल पुनर्बीमा कम्पनीमा पनि पत्राचार गरियो । नेपाल पुनर्बीमा कम्पनीमा समेत पत्राचार हुने वित्तकै सिईओ शंकर कुमार रायमाझी र डेपुटी सिईओ दामोदर भण्डारीले निकै रोमाञ्चक शैलीमा खुशी साटासाट गरेका तस्विर बीमा क्षेत्रको सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ ।

 

क्यानाडामा जारी सम्पत्ति शुद्धिकरण सम्बन्धी कार्यक्रममा भाग लिन गएका सिलवाल आज साँझ मात्रै काठमाडौं ओर्लदै छन् । आफ्नै निणर्य कार्यकारी निर्देशकले काटि दिएपछि अध्यक्ष सूर्य प्रसाद सिलवाल नैतिकताको आधारमा अब उक्त पदमा आसिन हुन अयोग्य भइसकेका छन् । नैतिक रुपमा अयोग्य, कानुनी रुपमा चेन अफ कमाण्ड गुमाइसकेका सूर्य प्रसाद सिलवाल अझै बीमा प्राधिकरणमा फर्केमा जति दिन प्राधिकरणमा बस्छन्, त्यति नै दिन गन्हाउने पात्र बन्ने चर्चा बीमा क्षेत्रमा चलेको छ ।

सिलवालको साढे दुई वर्षको बीमा प्राधिकरणको यात्रा भ्रष्टाचार, अनियमतता, घोटाला, गैर कानुनी कार्य र कीर्ते धन्दा मात्रै होइन आफ्नै नागरिकता समेत किर्ते गरी पटक पटक सच्याएको आरोप लागेको छ । पछिल्लो पटक बीमापोष्टले अध्यक्ष सूर्य प्रसाद सिलवालको दुई थरी जन्म मिति भएका राहदानी र नागरिकता छरपस्ट पारेको थियो ।

 

बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालद्धारा पटक पटक नागरिकता सच्याएको खुलासा, नागरिकता र पासपोर्टको जन्म मिति मिलेन

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*