जोखिम स्वंयम सुरक्षण गर्ने चेतावनीपछि नेपाल बीमक संघ र पुनर्बीमा कम्पनीबीच छलफल, कमिशन संसोधनको पक्षमा पुनर्बीमा कम्पनी

७ श्रावण २०८०, आईतवार ०६:१९

नेपाल पुनर्बीमा कम्पनीहरुले बीमक संघलाई दिँदै आएको कमिशन रकम घटाएको बिषयमा संघले आपत्ती जनाएसँगै पहिलो चरणको छलफल भएको छ । नेपाल बीमक संघले हाल संचालनमा रहेका पुनर्बीमा कम्पनीले नयाँ कमिशन प्रस्ताव गरेको बिषयमा आपत्ति जनाएसँगै पुनर्बीमा कम्पनी र संघबीच छलफल भएको हो । पुनर्बीमा कम्पनीले मकीशन नसंसोधन गर्ने पक्षमा रहेको सकारात्मक संकेत समेत दिएको एक कम्पनीका सिईओले बताए ।

बीमा कम्पनीहरुले पाउदै आएको नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिले पुनर्बीमाको कमिसन घटाएको भन्दै बीमक संघले आपत्ति जनाएको थियो । हाल संचालमा रहेका दुई पुनर्बीमा कम्पनीले नेपाल निर्जीवन बीमा कम्पनीहरुबाट प्राप्त गरिरहेको प्रत्यक्ष हिस्साको पुनर्बीमा कमिसन १४ प्रतिशतसम्म घटाएर सम्झौताको प्रस्ताव कम्पनीहरुले चेतावनी सहतिको पत्र निकालेको थियो । उक्त कमीशन घटाएवापत बीमा कम्पनीहरुलाई हुने असरको बिषयमा संघले कार्यपत्र समेत प्रस्तुत गरेको थियो ।

न्युन जोखिम र अधिक मुनाफा हुने बीमाहरुकै कमिसनमा भारी कटौतीको प्रस्ताव आएपछि बीमा कम्पनीहरुले सम्झौता नै नगर्ने चेतावानी समेत दिएका हुन् ।दुई पुनर्बीमा कम्पनीले गत आर्थिक बर्ष सम्पति बीमामा ३७।५० प्रतिशत कमिसन दिएका थिए तर यसपाली २५ प्रतिशत प्रस्ताव गरेका छन् ।
नेपाल पुनर्बीमा कमपनीहरुले सम्पत्ति बीमामा ३७।५० प्रतिशत दिँदै आएको कमिशन घटाएर २५ प्रतिशत पुराएको छ । अघिल्ला आर्थिक बर्षको तुलनामा पुनर्बीमा कम्पनीहरुले सम्पत्ति बीमामा १२।५० प्रतिशतका दरले कमिशन घटाएको छ।

त्यस्तै, मोटर बीमातर्फ १० प्रतिशतले घटाएको छ । मोटर बीमाको ३० र २५ प्रतिशत कमिसनलाई यसपाली २० प्रतिशतमा झारेको छ।

इञ्जिनियरिङ बीमामा १० प्रतिशत झारेर २५ प्रतिशत कमिसनलाई १५ प्रतिशत कमीशन दिने प्रस्ताव अघि बढाएको छ।

मोरिन तर्फ ९ प्रतिशत घटाएर ३४ प्रतिशतबाट २५ प्रतिशत, माईक्रोतर्फ २ प्रतिशतले कमिशन झारेर १७ प्रतिशतबाट १५ प्रतिशत पुराएको छ भने मोटर टिपीमा १२ दशालव ५ प्रतिशत झारेर १५ प्रतिशत दिने भएको छ। यसअघि मोटर टिपीमा २७।५० प्रतिशत दिँदै आएको थियो ।

त्यस्तै, कृषि बीमामा ७ प्रतिशत कमिशन झारेर १५ देखि २२ प्रतिशत पुराएको छ। यसअघि पुनर्बीमा कम्पनीहरुले १८ देखि २५प्रतिशतसम्म् कमिशन दिँदै आएको थियो ।
गत आर्थिक बर्षको कमिसन अनुसार नै नयाँ दररेट प्रस्ताव नभए नयाँ सम्झौता नगर्ने चेतावनी पनि बीमकहरुले दिएका छन् । बीमा कम्पनीहरुले आफै जोखिम व्यवस्थापन गर्ने समेत चेतावनी दिएसँगै तत्काल पुनर्बीमा कम्पनीहरुले बैठक बोलाएको बुझीएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*