नेपाल पुनर्बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता, यस्तो छ कारण

८ श्रावण २०८०, सोमबार १४:३९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको पक्षमा अर्थमन्त्रीको सकारात्मक सन्देश पश्चात् शेयर बजार बढेको छ। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले नेपाल पुनर्बीमाको आम्दानीको स्रोत घटाएको बिषयको कारण चिन्तामा रहेको लगानीकर्ताले हालको अर्थमन्त्रीको पुनर्बीमाको सकारात्मक सन्देश पश्चात् बजार बढेको अनुमान गर्न सकिन्छ ।

सम्भवत यो बर्षको पहिलो पटक नै कम्पनीको शेयर सर्वाधिकको लिष्टमा परेको हो ।नेपाल पुनर्बीमा कम्पनीको आज सर्वाधिक कारोबार भएको छ।

कम्पनीको शेयर आज साढे २० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मूल्य ७९५ रुपैयाँ रहेको छ। कम्पनीको शेयर मूल्य हिजोको तुलनामा ५।३४ प्रतिशतले वृद्धि भएको छ ।कम्पनीको हकप्रद शेयर आउने आशमा एकैदिनमा कम्पनीको शेयर मूल्य बढेको हो ।

तत्कालिन अर्थमन्त्री जनार्दन शर्माको पालामा नेपाल पुनर्बीमा कम्पनी डुबाउने गरी तत्कालिन बीमा समिति र हालको बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालबाट भएका चार वटा निर्णयहरु सच्याउन अर्थमन्त्री डा। प्रकाशशरण महतले नेपाल बीमा प्राधिकरणलाई लिखित निर्देशन दिएका छन् । अर्थमन्त्री डा। महतको निर्देशनसँगै अध्यक्ष सुर्य प्रसाद सिलवाल गम्भिर नैतिक संकटमा फस्न पुगेका छन् ।

अर्थमन्त्री डा। महतले गत शुक्रबार नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेललाई अर्थमन्त्रालयमा बोलाएर यसअघि प्राधिकरणबाट भएका नेपाल पुनर्बीमा सम्बन्धी सबै प्रकारका निर्णयहरु सच्याउन लिखित निर्देशन दिएका हुन् । मन्त्री डा। महतको निर्देशनसँगै आतंकवाद जोखिम बहन कोष सम्बन्धमा अध्यक्ष सुर्य प्रसाद सिलवालको आदेशमा जारी निर्देशन कार्यकारी निर्देशक राजुरमण पौडेलले लिखित निर्देशन जारी गरेर खारेज भइसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*