गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आम्दानी एक खर्ब ४२ अर्बमाथि, ३७ अर्बसहित नेपाल लाइफ सबैभन्दा अगाडि

८ श्रावण २०८०, सोमबार १६:२४

काठमाडौं । गत आवका जीवन बीमा कम्पनीहरुले कुल एक खर्ब ४२ अर्ब रुपैयाँ कूल बीमा शुल्क संकलन गरेका छन् । चरम आर्थिक संकटका बीचमा जीवन बीमा कम्पनीहरुले उत्कृष्ट व्यवसाय गर्न सफल भएका हुन् ।
गत आवमा नेपालमा सञ्चालित १५ वटा जीवन बीमा कम्पनीहरुले एक खर्ब ४२ अर्ब ३० करोड ७४ लाख रुपैयाँ कूल बीमा शुल्क संकलन गरेका छन् । सो मध्ये नविकरण बीमा शुल्क एक खर्ब ११ करोड भन्दा माथि रहेको छ ।

त्यस्तै, एक आवको वर्षदिनमा १५ वटा जीवन बीमा कम्पनीहरुले ३१ अर्ब २० करोड प्रथम बीमा शुल्क संकलन गर्न सफल भएका छन् । त्यस्तै, प्रथम बीमा शुल्क मध्येमा नै एकल बीमा शुल्क चार अर्ब ३८ करोड रुपैयाँ संकलन हुँदा एकल बीमा शुल्क बाहेकको प्रथम बीमा शुल्क २६ अर्ब ८१ करोड ५३ लाख रुपैयाँ संकलन भएको छ ।

जीवन बीमा कम्पनी मध्ये सबैभन्दा ठूलो नेपाल लाइफ एक्लैले ३७ अर्ब १६ करोड ६९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सो मध्ये प्रथम बीमा शुल्क छ अर्ब ५७ करोड ११ लाख रुपैयाँ रहेको छ भने नविकरण बीमा शुल्क ३० अर्ब ५९ करोड रहेकोछ ।

 

त्यस्तै, दोस्रो ठूलो एलआईसी नेपालले १७ अर्ब ४६ करोड १४ लाख रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको छ । सो मध्ये १५ करोड नविकरण बीमा शुल्क हो भने दुई अर्ब ३८ करोड प्रथम बीमा शुल्क रहेको छ ।
तेस्रो ठूलो कम्पनी नेशनल लाइफले १६ अर्ब ४१ करोड ६९ लाख रुपैयाँ कूल बीमा शुल्क संकलन गर्न सफल भएको छ । कम्पनीले दोस्रो ठूलो कम्पनी एलआइसीसँग कडा प्रतिस्पर्धा गर्दै कूल बीमा शुल्कमा झण्डै बराबरी हिस्सा ओगट्न सफल भएको छ ।

चौथो ठूलो कम्पनीको रुपमा हिमालयन लाइफ बनेको छ । सो कम्पनीले १४ अर्ब ९४ करोड ३६ लाख रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको छ ।
बीमा प्राधिकरणले स्थलगत अनुगमनको क्रममा प्राप्त तथ्याङ्क अनुसार राष्ट्रिय बीमा संस्थानले आठ अर्ब ३० करोड रुपैयाँ, एशियन लाइफले सात अर्ब एक करोड, सिटिजन लाइफले पाँच अर्ब कूल बीमा शुल्क संकलन गर्न सफल भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*