गत आवमा निर्जीवन बीमा क्षेत्रमा ४० अर्ब माथिको व्यापार, शिखर इन्स्योरेन्सको उत्कृष्टता कायमै

८ श्रावण २०८०, सोमबार १६:२८

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७९।८० को असार मसान्तसम्ममा कुल ४० अर्ब ५७ करोड ५२ लाख रुपैयाँ आर्जन गरेका छन् । समिक्षा अवधिसम्ममा संचालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले कुल २८ लाख १६ हजार २२४ वटा बीमालेख बिक्री गरी यस्तो शुल्क आर्जन गरेका हुन् ।

समिक्षा अवधिमा संचालनमा रहेको निर्जीबन बीमा कम्पनीहरुमध्ये शिखर इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । यस अवधिसम्ममा कम्पनीले ५ अर्ब ५२ करोड २१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

दोस्रो नम्बरमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४ अर्ब ५५ करोड २३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । तेस्रो नम्बरमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४ अर्ब ५१ करोड ६६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, यूनाइटेड अजोड इन्स्योरेन्सले ३ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ, आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब ३९ करोड रुपैयाँ, हिमालयन एभरेष्टले ३ अर्ब ३५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको प्राधिकरणको तथ्यांकले देखाएको छ ।

त्यस्तै, नेको इन्स्योरेन्सले २ अर्ब ९२ करोड २४ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीले २ अर्ब ४० करोड रुपैयाँ, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले २ अर्ब ३७ करोड रुपैयाँ, नेशनल इन्स्योरेन्स कम्पनीले १ अर्ब १ करोड रुपैयाँ, सानिमा जिआइसीले २ अर्ब ३२ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब ६५ करोड, नेपाल इन्स्योरेन्सले १ अर्ब ५८ करोड, ओरिएण्टल इन्स्योरेन्सले १ अर्ब ५२ करोड रुपैयाँ आर्जन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*